जजिरा एयरले गौतमबुद्ध विमानस्थलबाट फेरि उडान गर्ने

-



     सफल आवाज    
     फागुन ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ फागुन । जजिरा एयरलाइन्सले विमान गौतमबुद्ध विमानस्थलबाट फेरि उडान गर्ने भएको छ । उक्त एयरलाइन्सले आगामी फागुन २५ देखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न लागेको बताइएको छ । मौसमका कारण गौतमबुद्ध विमानस्थलबाट उडान रोकिएको दुई महिनापछि जजिराले पुन: उडान गर्ने भएको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा जेठ २ गतेबाट जजिराको नियमित उडान सुरू भएको थियो । उक्त उडान पछि पुस ६ गतेयता रोकिएको थियो । माघ १९ देखि उडान सुरु गर्ने बताए पनि कम्पनीले उडान सुरु गर्न सकेको थिएन ।

जजिराले फागुन २५देखि हप्ताको तीन दिन उडान गर्दैछ । जजिराको विमान मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्ने बताइएको छ भने अग्रिम टिकट बुकिङ पनि सुरु भएको छ ।