दोल्ती पावरकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     फागुन ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ फागुन । दोल्ती पावरले आजदेखि सेयर (आईपीओ) निष्काशन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता लागि र वैदेशिक रोजगारमा गएकाहरुका लागि सेयर निष्काशन गरेकाे हो।

कम्पनीले ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। अति प्रभावित नौमुले र कालिका गा.वि.स मा स्थायी बसोबास गर्ने जनताका लागि २ लाख ६८ हजार २४३ कित्ता रहेकाे छ ।

सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुने १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १ लाख ७ हजार २९८ कित्ता सेयर विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि रहेकाे छ ।

लगानीकर्ताले घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । प्रभावित क्षेत्रका जनताले फागुन २५ गतेसम्म आवेदन दिन पाउनेछन्। साे अवधिसम्म मागअनुसारकाे आवेदन नपरेमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीरमा गएकाहरुले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

स्थानिय जनताले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखाबाट आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारमा रहेकाहरुले सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र रमेरो सेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।