
काठमाडौं, ८ फागुन । चालु आर्थिक वर्षको शुरुवाती ७ महिनामा वाणिज्य बैंकहरुको कर्जा लगानी निकै न्यून रहेको पाइएको छ । नेपाल बैंकर्स संघले हालै सार्वजनिक गरेको माघ मसान्तसम्मको विवरण अनुसार चालु आर्थिक वर्षका बैंकहरुले पछिल्लो ६ वर्षयताकै सबैभन्दा कम कर्जा लगानी गरेका देखिएको छ ।
सार्वजनिक भएको विवरण अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंकहरुले १ खर्ब १५ अर्ब रुपैयाँ मात्र कर्जा लगानी बढाउन सकेका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरुले ४१ खर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेकामा चालु आर्थिक वर्षको माघ अन्तिमसम्ममा आइपुग्दा यो आँकडा ४२ खर्ब ९० अर्ब रुपैयाँ मात्र पुगेको छ ।
तुलनात्मक हिसाबले हेर्दा गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ४ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । यो वर्ष राष्ट्र बैंकले कडाई गरेका कारण कर्जा लगानी उल्लेख्य घटेको आकलन गरिएको छ ।

विगत ५ वर्षको प्रवृत्ति तुलना गर्दा आर्थिक वर्ष २०७२/७३ बैंकहरुको कर्जा १ खर्ब ११ अर्ब कर्जा बढेको थियो । २०७३/७४ मा २ खर्ब ३९ अर्ब, आर्थिक वर्ष २०७४/७५ मा २ खर्ब १२ अर्ब, आर्थिक वर्ष २०७५/७६ मा २ खर्ब ७८ अर्ब, आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब ५२ अर्ब र आर्थिक वर्ष २०७७/७८ मा ४ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको विवरणमा उल्लेख छ ।
अघिल्ला आर्थिक वर्षहरुमा सस्तो ब्याजदरमा नै धेरै कर्जा लगानी भएपछि त्यसले माग बढाएको थियो । आयातमा पनि उल्लेख्य वृद्धि भएको थियो । चालु आर्थिक वर्षमा भने केन्द्रीय बैंकले कर्जा लगानीलाई नियन्त्रण गर्ने नीति लिएकोले पनि कर्जा प्रवाह घटेको आकलन गर्न सकिन्छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




