वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     फागुन १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ फागुन । नेपाल राष्ट्र बैंकले ‘वैदेशिक रोजगार बचतपत्र २०८४ क’ नामको बचतपत्र निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले आगामी फागुन १४ गते देखि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०८४ निष्कासन गर्न लागेको जनाएको छ ।

फागुन १४ देखि निष्कासन हुन लागेको बचतपत्रमा वैदेशिक रोजगारीमा संलग्न वा वैदेशिक रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली तथा गैर आवासीय नेपालीहरुले आफू वा आफ्ना परिवारको सदस्य ९बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र० को नाममा खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले निष्कासन गर्न लागेको बचतपत्रमा लगानीकर्ताले न्यूनतम १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग जाने गरी ५० करोड सम्मको लागि चैत ३ गतेसम्म आवेदन दिन सकिने प्रावधान राखिएको छ । यो बचतपत्रमा राष्ट्र बैंकले वार्षिक १२.५० प्रतिशत ब्याज दिने बताएको छ । ५ वर्षमा परिपक्व हुने वैदेशिक रोजगार बचतपत्र २०८४ को ब्याज भने ६-६ महिनामा भुक्तानी गरिने बताइएको छ ।