आइतबार आइपीओ बाँडफाँड गर्दै एशियन हाइड्रो

-



     सफल आवाज    
     फागुन १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ फागुन । एशियन हाइड्रोपावरले आइतबार आईपीओ बाँडफाँड गर्ने भएको छ । कम्पनीले गत माघ २७ गतेदेखि फागुन ३ गतेसम्म निष्कासन गरेको आईपीओ आइतबार बाँडफाँड हुने भएको हो । कम्पनीको आइपीओ आइतबार बिहान ९ बजे बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यलयमा बाँडफाँड गरिने बताइएको छ ।

कम्पनीले निष्कासन गरेको आइपीओमा १४ लाख ९२ हजार ७७८ आवेदकबाट १ अर्ब ६६ करोड २६ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २६ हजार ५२० कित्ताको लागि आवेदन परेको सिडीएस एण्ड क्लियरिङले जनाएको छ । यो आँकडा सर्वसाधारणका लागि निष्कासित ६ लाख ९७ हजार २०० कित्ताको २३.८४ गुणा बढी हो ।

कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।

यसबाहेक ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८०० कित्ता सेयर सुरक्षित गरेको छ । यसबाट बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएकोमा मागभन्दा २३ गुणा बढी माग भएको हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले सेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ६९ हजार ७२० जनाले मात्रै शेयर पाउनेछन् । बाँकी १४ लाखभन्दा बढी आवेदकको हात खाली हुने निश्चित रहेको छ ।