
काठमाडौं, १२ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले जारी गरेको ‘ग्लोबल आइएमई डिबेन्चर २०८४-८५’ बाँडफाँड गरिएको छ । प्रति शेयर १ हजार रुपैयाँ अङ्कित दरको ५० लाख कित्तामध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट तथा २० लाख (सामुहिक लगानी कोषलाई छुट्टाइएको १ लाख कित्ता सहित) सर्वसाधारणहरुको गत माघ २९ देखि खुला गरिएको थियो ।
निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको ५ वर्ष अवधि तथा वार्षिक ११.२५% ब्याजदर भएको उक्त डिबेन्चर निष्कासन तथा बिक्री खुल्ला गर्दा प्राप्त हुन आएको आवेदनहरु आज बाँडफाँड गरिएको कम्पनीले जनाएको हो ।
कम्पनीका अनुसार व्यक्तिगत तवरबाट निष्कासन गरिएको ३० लाख कित्तामा लागि जम्मा २३ जना आवेदकहरुबाट ५२ लाख १५ हजार कित्ताका लागि रितपूर्वक आवेदन प्राप्त भएको र यो आँकडा निष्कासन गरिएको भन्दा १.७४ गुण बढी भएकाले समानुपातिक हिसाबले ३० लाख कित्ता डिबेन्चर बाँडफाँड गरिएको हो ।
यसैगरी सर्वसाधारणहरुको लागि निष्कासित १९ लाख ३० हजार कित्ता (सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको ७०,००० कित्ता बाहेक) डिबेन्चरमा जम्मा १,२६६ जना आवेदकहरुको कुल २१ लाख ३१ हजार २९४ कित्ताका लागि रितपूर्वक आवेदन परेको थियो ।
यो आँकडा पनि मागभन्दा १.१० गुणा बढी रहेकाले २५ देखि ३ लाख कित्तासम्म माग गर्ने १ हजार २६४ जना आवेदकहरुलाई एकै समूह राखी माग बमोजिम ११ लाख ३१ हजार २९४ कित्ता र ५ लाख कित्ता माग गर्ने २ जना आवेदकहरुलाई समानुपातिक रुपमा ७ लाख ९८ हजार ७०६ कित्ता गरी जम्मा १९ लाख ३० हजार कित्ता डिबेन्चर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




