
वासिङ्टन, १४ फागुन । रुसको ऐतिहासिक प्रभावले सहयोगको सीमालाई सीमित गरे पनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन पूर्वशोभियत गणतन्त्रहरूलाई अझ व्यापक अमेरिकी सहयोग र संलग्नामा आश्वस्त पार्न मध्य एशियाली देशको भ्रमणमा निस्कदै छन्।
युक्रेन युद्धको प्रथम वार्षिकीपछि अमेरिकाका शीर्ष कूटनीतिज्ञ आगामी मङ्गलबार कजाकिस्तान र त्यसपछि उज्वेकिस्तान पुग्नेछन्। कजाकिस्तानको राजधानी अस्तानमा सबै पाँच पूर्वशोभियत राज्यका विदेशमन्त्रीसँग उहाँले संयुक्तरूपमा भेटवार्ता गर्नेछन्। दक्षिण र मध्य एशियाका लागि अमेरिकी कूटनीतिज्ञ डोनाल्ड लुले पूर्वशोभियत राज्यहरूले रुस वा चीनसँगको सम्बन्धलाई महत्व दिइरहेका बेला त्यहाँ अमेरिकी उपस्थिति प्रवद्र्धन गर्नु अपरिहार्य भएको बताए।
विदेशमन्त्री ब्लिङ्केनको भावी भ्रमण मस्को र बेइजिङभन्दा वासिङ्टन विश्वसनीय साझेदार भएको ती देशलाई आश्वास्त पार्ने उद्देश्यका साथ हुन लागेको पत्रकारहरूलाई बताए। पूर्वशोभियत गणतन्त्रहरूमा अमेरिकी संलग्नता बढाउने तथा आर्थिक सहायता उपलव्ध गराउने सन्दर्भमा भ्रमण हुन लागेको उनले उल्लेख गरे । ती देशसँग अमेरिकी प्रस्तावबारे छलफल गर्न आवश्यक भएको उनको कथन छ ।
कूटनीतिज्ञ तथा विज्ञहरूका अनुसार मध्य एशियाली देशका नेताहरू मस्कोसँग औपचारिक सुरक्षा सम्झौताबाट विमुख हुन चाहदैनन् । रुस नै उनीहरूका श्रमिकहरूको प्रमुख गन्तव्य मुलुका हो । यस्तो पृष्ठभूमिमा उनीहरू रुससँगै रहेको देखाउन चाहन्छन् भने उसको आर्थिक प्रभावबाट मुक्त हुन असमर्थ छन् । गत बिहीबार संयुक्त राष्ट्रसङ्घको महासभाले युक्रेनमा दिगो शान्ति कायम गर्न त्यहाँबाट रुसी सेना तत्काल निःशर्त आफ्नो देश फर्कनुपर्ने प्रस्तावमाथिको मतदानमा पनि ती देश सहभागी भएनन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




