विश्वको सर्वाधिक धनी व्यक्तिमा पुन: एलन मस्क

-



     सफल आवाज    
     फागुन १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ फागुन । कुनै बेला विश्वका सर्वाधिक धनी व्यक्ति रहेका टेस्लाका सिईओ एलन मस्क पुनः सोही स्थानमा फर्किएका छन् । हालै टेस्लाको सेयरमूल्य उच्च दरले बढेसँगै मस्क पुनः विश्वका सर्वाधिक धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा पुग्न सफल भएका हुन् ।

यस अघि विश्वका सर्वाधिक धनी व्यक्तिमा फ्रान्सका अबपति बर्नार्ड अर्नाल्ट रहेका थिए । उनले मस्कलाई पछि पार्दै शीर्ष स्थानमा पुगेका थिए । अहिले अर्नाल्ट १८५ बिलियन डलर नेटवर्थसहित सूचीको दोस्रो स्थानमा छन् । पछिल्लो २४ घण्टामा मस्कको नेटवर्थ बढेर १८७ बिलियन डलर पुगेको छ । यस हिसबाले उनले अर्नाल्टलाई उछिनेका हुन् ।

ब्लुमबर्ग बिलियनर्स इण्डेक्सका अनुसार पछिल्लो २४ घण्टामा मस्कको सम्पत्ति ६.९८ बिलियन डलर बढेको देखिएको छ । सन् २०२२ को डिसेम्बरमा अर्नाल्टले मस्कलाई पछि पार्दै विश्वकका सर्वाधिक धनी व्यक्ति बनेका थिए ।