जजिरा एयरवेजले फागुन २५ गतेदेखि पुन: गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने

-



     सफल आवाज    
     फागुन १७ गते २०७९ मा प्रकाशित


काठमाडौं, १७ फागुन । जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान गर्ने बताएकाे छ । एयवरेजका अनुसार फागुन २५ गतेदेखि उडान शुरु हुने भएकाे हाे । जजीरा एयरवेजले कुवेतका लागि हप्तामा ३ वटा उडान गर्ने भएकाे हाे।

तालिका अनुसार जजीराले मंगलबार, बिहीबार र शनिबार बिहान ८ः०५ बजे उडान गर्नेछ । विमान स्थानीय समय अनुसार बिहान १०ः५५ बजे कुवेतमा अवतरण गर्ने भएकाे छ । जजीरा एयरवेजले कुवेतसम्मकाे एकतर्फी भाडा २८ हजार ८ सय ३६ रुपैयाँ ताेकेकाे छ ।

जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले नेपालको पर्यटनमा सहयोग पुर्याउन पुन: उडान गर्न लागेका हाैं । उनले भने, जजीरा एयरवेजकाे प्रतिबद्धता पनि रहेकाे छ। साे अनुसार छिमेकी देशका यात्रुहरुलाइ लुम्बिनीकाे सयर गर्न सहयाेग पुग्नेछ भने यसले पर्यटनमा समेत टेवा पुग्नेछ ।