
काठमाडौं, १९ फागुन । निर्वाचन आयोगले स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि अभिमुखीकरण तथा क्षमता अभिवृद्धिसम्बन्धी प्रदेश र जिल्लास्तरीय प्रशिक्षण सञ्चालन गरेको छ । फागुन १० गते काभ्रेको धुलिखेलबाट शुभारम्भ भएको प्रशिक्षण हाल मधेस प्रदेशको जनकपुर उपमहानरगपालिकामा सञ्चालन भइरहेको छ ।
यसअघि सोही प्रकारको प्रशिक्षण बारा जिल्लामा सञ्चालन भएको थियो । जनकपुरमा भएको दुईदिने प्रशिक्षण कार्यक्रमको बुधबार शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगबाट गरिने मतदाता नामावली सङ्कलन तथा अद्यावधिक, मतदानस्थल र मतदान केन्द्रको व्यवस्थापन तथा निर्वाचन शिक्षा जस्ता महत्त्वपूर्ण निर्वाचन व्यवस्थापनसँग सम्बन्धित क्रियाकलापमा स्थानीय तहको समन्वय र सहकार्य आवश्यक रहेको बताए।
निर्वाचनसँग सम्बन्धित गतिविधिलाई आम मतदातासमक्ष पु¥याउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने बताउँदै उनले मृत्यु भएका व्यक्तिको विवरण स्थानीय तहले मात्र उपलब्ध गराउनसक्ने भएकाले आयोगलाई हरेक स्थानीय तहले मृत्यु भएकाको विवरण नियमितरूपमा उपलब्ध गराइदिन आग्रह गरे।
निर्वाचनका बारेमा जानकारीमूलक सन्देश एवं सूचना नियमित प्रचारप्रसार गर्ने कार्यमा पनि स्थानीय तहले अगुवाई लिनुपर्ने प्रमुख आयुक्त थपलियाको भनाइ थियो । प्रशिक्षणमा धनुषा, सिराहा, सप्तरी, सर्लाही र महोत्तरी जिल्लाका स्थानीय तहमा कार्यरत ८८ जना निर्वाचन सम्पर्क व्यक्तिको सहभागिता रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




