
काठमाडौं, १९ फागुन । मोलुङ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गरिएको छ । यो कम्पनीको आईपीओमा मागभन्दा ६.८८ गुणा बढी आवेदन परेको थियो । यस हिसाबले सबै आवेदकले आईपीओ नपाउने निश्चित थियो ।
कम्पनीले गत फागुन ४ देखि १० गतेसम्म २७ लाख २८ हजार ५०० कित्ता आइपीओको बिक्रीका लागि दरखास्त खुलाएको थियो । सोही अनुसार २२ लाख ६४ हजार ६५५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो।
कम्पनीका अनुसार योग्य आवेदनमध्येका २ लाख २६ हजार ४ सय ६५ जनाले १०-१० कित्ता हात पारेका छन् । आईपीओका लागि जम्मा १४ लाख २४ हजार ३ सय ५१ जनाले १ करोड ५५ लाख ७९ हजार ८ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए ।
तीमध्ये १४ लाख १७ हजार ३ सय ४६ जना आवेदक योग्य रहेका र उनीहरुको १ करोड ५४ लाख ७८ हजार ८ सय ५० कित्ता सेयर बराबरको आवेदन प्रमाणित भएको थियो । ७ हजार ५ जना आवेदकले दिएको १ लाख ९ सय ५० कित्ता आवेदन रद्द भएको थियो । बाँकी जम्मा प्रमाणित मध्येका २ लाख २६ हजार ४ सय ६५ जनाले १०-१० कित्ताका दरले आइपीओ पाएका कम्पनीले जनाएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




