ईङवा हाइड्रोपावरकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     फागुन २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ फागुन । ईङवा हाइड्रोपावरले आजदेखि सेयर आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय जनता र नेपाल वैदेशिमा रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे हो।

जारी पूँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि रहेकाे छ । १ लाख २० हजार कित्ता वैदेशिक रोजगारमा रहेकाहरुका लागि रहेकाे छ।

सेयरमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथरको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का जनताले आवेदन दिन पाउनेछन्।

लगानर्ताले घटीमा १० तथा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि चैत ८ गतेसम्म आवेदन दिन पाइनेछ। ताेकिएकाे मितिसम्यम पूरा आवेदन नपरेकाे खण्डमा चैत २० गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा गएकाहंरुले सेबाेनबाट अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।