
क्यालिफोर्निया , २१ फागुन । गुगलले चीन, रुस, इरान आदि देशहरुसँग सम्बन्धित साढे ७ हजारभन्दा बढी युट्युब च्यानल बन्द गरिदिएको छ । यी सबै च्यानलहरू कम्पनीले २०२३ को प्रारम्भिक महिनामा अर्थात् जनवरी र फेब्रुअरीमा ब्लक गरिदिएको हो ।
गुगलले एउटा ब्लग पोस्टमार्फत् यस प्रकारको जानकारी सार्वजनिक गरेको हो । साढे ७ हजारमध्ये चीनसँग सम्बद्ध ६ हजार २८५ युट्युब च्यानल बन्द गरिएको र ५२ ब्लगरको ब्लग ब्लक गरिएको बताइएको छ ।
गुगलले उक्च ब्लग पोस्टमा उसले नै कोर्डिनेटेड इन्फ्लूएन्स अपरेशन क्याम्पेन सीआईओसी अन्तर्गत २०२३ को पहिलो त्रैमासिकमा ७ हजार ५ सयभन्दा बढी युट्युब च्यानलहरू बन्द गरेको उल्लेख गरेको छ । गुगलको तर्फबाट कारण प्रष्ट पार्दै गुगलको थ्रेट एनालिसिस ग्रुपको अनुसन्धानपछि स्पाम सामग्री प्रस्तुत गरेको भन्दै च्यानल बन्द गरिएको बताइएको छ ।
कम्पजीका अनुसार यी च्यानलहरूले चीनसँग सम्बन्धित संगीत, मनोरञ्जन र जीवनशैलीसँग सम्बन्धित सामग्री अपलोड गर्ने गर्दथे । गुगलको थ्रेट एनालाइसिस ग्रुपले अनुसन्धान गर्दा यो प्लेटफर्ममा अपलोड गरिएको स्पाम अर्थात् अवाञ्छनीय सामग्री फेला परेको थियो ।
गुगलको थ्रेट एनालाइसिस ग्रुपका अनुसार इरानी सरकारलाई समर्थन गर्ने ४० युट्युब च्यानलहरू पनि ब्लक गरिएको छ । यी च्यानलहरूले अंग्रेजी, हिन्दी, फारसी र उर्दूमा सामग्री अपलोड गर्ने गर्थे । ब्लग पोस्टकाअनुसार यी च्यानलहरूले इरानमा प्रदर्शनकारीहरूको विरोध गर्ने र सरकारलाई समर्थन गर्ने सामग्री प्रस्तुत गरेका थिए ।
एकै समयमा अवरुद्ध च्यानलहरूमा २ डोमेनहरू पोल्याण्डको भएको बताइएको छ । ती च्यानलहरु युक्रेनको बारेमा पनि गलत जानकारी दिँदै रुसलाई सपोर्ट गर्ने अमेरिकाको आलोचना गर्ने सामग्रीहरु प्रस्तुत गर्ने च्यानलहरु रहेको पनि आरोप छ ।
गुगलको ब्लग पोष्टमा थ्रेट एनालिसिस ग्रुपद्वारा अभियान अन्तर्गत रूसको इन्टरनेट अनुसन्धान एजेन्सीसँग सम्बन्धित ८७ ओटा युट्यूब च्यानलहरू ब्लक गरिएको बताइएको छ । यसबाहेक युक्रेनबिरुद्ध तथ्याङ्क चुहावट गर्ने ४ ओटा युट्युब च्यानललाई पनि यो ब्लक लिस्टमा समावेश गरिएको बताइएको छ । यो तथ्याङ्क युक्रेनबाट आएका शरणार्थीहरूको दृष्टिकोणले निकै संवेदनशील रहेको बताइएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




