
संयुक्त राष्ट्रसङ्घ, २५ फागुन । राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा युक्रेनको किभमा भएको भेटवार्ताका क्रममा ‘ब्ल्याक सि’ हुदै गरी आएको निकासीलाई थप विस्तार गर्नुपर्नेमा सहमति भएको छ ।
उनीहरुका बीचमा किभमा भेटवार्ता भएको र त्यस क्रममा युक्रेन र रुसका बीचमा जारी रहेको युद्धका कारण खाद्यान्न तथा आवश्यक मलखादहरुको निकासीको कामलाई रोक्न नहुने र यसले विश्वमा नै खाद्यान्न उत्पादनका क्षेत्रमा असर गर्ने बताइएको छ ।
यसअघि पनि ‘ब्ल्याक सि’ हुदै खाद्यान्न तथा मदखादको निकासी पैठारीका लागि सम्झौता भएको र त्यसको म्याद सकिएको भन्दै अब आगामी दिनमा पनि त्यसलाई थप विस्तार गर्नुपर्ने बताइएको थियो । राष्ट्रसंघीय महासचिव गुटरेसले सो भेटपछिको कुराकानीमा सो कुरा बताए।
सो भेटवार्ताका क्रममा युक्रेन र रुसका बीचमा सन् २०२२ को जुलाईमा भएको मल तथा खाद्यान्नको निकासीको सम्झौताका विषयमा कुराकानी भएको र सो सम्झौताको म्याद थपेर ‘ब्ल्याक सि’ हुदै गरिने पारवहनको काममा निरन्तरता दिने सहमति भएको बताइएको छ ।
गत वर्षदेखि युक्रेनमा रुसले गरेको आक्रमणका कारण कतिपय आपूर्तिका विषयमा विवाद उत्पन्न भएको छ । खाद्यान्न तथा अन्य आवश्यक कृषि सामग्रीहरुको आपूर्ति हुन नसक्दा विश्व बजारमा नै यसको प्रभाव परिरहेको छ । यसै विषयमा छफफलका लागि महासचिव गुटरेस बुधबार किभ पुगेका थिए।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




