
पोखरा, २५ फागुन । अर्लि मन्टेश्वरीमा आँखा शिविर भएको छ । मनिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा छात्र छात्राको आखाँको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।
पोखरा–५ मालेपाटनमा रहेको मन्टेश्वरीमा ५६ छात्र र ६५ छात्रा गरि कूल १ सय २१ जना छात्रछात्राले आखाँको स्वास्थ्य परिक्षण गराएका छन् ।
मनिपाल शिक्षण अस्पतालको सामुदायिक कर्तब्य अन्तरगत मन्टेश्वरीमा आखाँ शिविर गरिएको हो । अस्पतालको सामुदायिक कर्तब्य अन्तरगत स्वास्थ्य शिविर गरिएको अस्पतालका सहायक बजार ब्यवस्थापक खिम बहादुर लामिछानेले बताए ।
शिविरमा ५ जना विद्यार्थीको आखाँमा जटिल समस्या देखिए पछि अस्पताल रिफर गरिएको लामिछनेले जानकारी दिए । अस्पतालले वर्षमा सय स्वास्थ्य क्याप गर्ने लक्ष्य राखेको र सोही अन्तरगत अर्लि मन्टेश्वरीमा सातै आखाँ शिविर सञ्चालन गरिएको उनले बताए ।
मनिपालको आखाँ शिविरले बच्चाहरुको आखाँको दिर्घकालिन समस्या हुन बाट जोगाएको मन्टेश्वरीकी पिन्सीपल राधा गौतमले बताइन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




