
काठमाडौं, २६ फागुन। राष्ट्रिय दलित आयोगले सिरहा जिल्लामा भएको छुवाछूतसम्बन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले विज्ञप्ति जारी गरी सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष यादवले जातीय भेदभाव तथा छुवाछूत गरेको भन्दै निज अध्यक्ष यादवलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारबाही गर्न र अपमानित दलित समुदायको मानव अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
गाउँपालिकाका अध्यक्ष यादवले आफ्नो आमाको निधनपछि १३औँ दिनको पुण्य तिथिको दिन यही फागुन २२ गते आयोजना गरिएको ‘क्रिया भोजमा’ दलित र गैरदलितका लागि अलग अलग साइन बोर्ड टाँसेर अलग लाइन बनाएर दलित समुदायमाथि जातीय छुवाछूत तथा भेदभावको अमानवीय व्यवहार गरेको आयोगको भनाइ छ ।
“युगौँदेखि शोषण उत्पीडनमा पारिएका दलित समुदायलाई घोषितरूपमा छुट्याउने गरी ब्यानरसमेत राखेर छुट्टै भोज खुवाउने कार्यको आयोग निन्दा गर्दछ”, निज्ञप्तिमा भनिएको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति सङ्गठन र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानलगायतका दलित सङ्घ÷सङ्गठनले पनि आज विज्ञप्ति जारी गरी सो घटनाको भत्र्सना गरेका छन् ।
ती सङ्घ÷संस्थाले घटनाको स्थलगत अध्ययन गरी आवश्यक पहल गर्न राष्ट्रिय मानव अधिकार आयोग, मानवअधिकार समुदाय तथा न्याय प्रेमी नागरिक समाजलाई अपिलसमेत गरेका छन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




