
काठमाडौं, २६ फागुन । आज शुक्रबार एकैदिन ४ वटा कम्पनीको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । आज सेयरमूल्य समायोजन हुने कम्पनीमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन, सांग्रिला डेभलपमेन्ट बैंक, आशा लघुवित्त र साना किसान लघुवित्त रहेका छन् ।
साल्ट ट्रेडिङ्गको १० प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत, आशा लघुवित्तको १४.२८५७ प्रतिशत र साना किसन विकास लघुवित्तको २६ प्रतिशत बोनस सेयर समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन भएपछि साल्ट ट्रेडिङ्गको सेयरमूल्य ३ हजार ९४० रुपैयाँ ९१ पैसा पुगेको छ भने सांग्रिलाको ३११ रुपैयाँ ४२ पैसा, आशा लघुवित्तको ७५२ रुपैयाँ ५० पैसा र साना किसानको ८८८ रुपैयाँ १० पैसा कायम भएको छ ।
अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा सेयरमूल्य नेप्सेले समायोजन भएको हो । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार साल्ट ट्रेडिङ्गको सेयर प्रतिकित्ता ४ हजार ३३५ रुपैयाँ, सांग्रिलाको ३३८ रुपैयाँ, आशा लघुवित्तको ८६० रुपैयाँ र साना किसान विकासको १ हजार ११९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही आधारमा नेप्सेले यी ४ वटै कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




