
काठमाडौं, २८ फागुन । प्रभु स्मार्ट फण्डमा मागभन्दा १.५५ गुणा बढीको आवेदन परेको छ । प्रभु बैंक कोष प्रवर्द्धक र प्रभु क्यापिटल कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको फण्डले निष्कासन गरेको कुल ८ करोड इकाईमध्ये कोष प्रवर्द्धक प्रभु बैंकले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटलले ८ लाख इकाई सुरक्षित गरी बाँकी रहेको पण्डमा उक्त परिमाणमा आवेदन परेको हो ।
बाँकी रहेको ६ करोड ८० लाख इकाईका लागि गत फागुन १८ गतेदेखि सर्वसाधारणको लागि आजसम्म आवेदनको लागि आह्रवान गरिएकोमा संस्थाहरुसहित सर्वसाधारणहरुबाट १० करोड ५२ लाख ९६ हजार २ सय इकाईको लागि आवेदन परेको क्यापिटलका चिफ बिजनेश अफिसर वासु थपलियाले जानकारी दिए । उक्त आवेदन सर्वसाधारणहरुलाई छुटयाइएको भन्दा १.५५ गुणा बढी हो ।
१० वर्ष अवधि रहेको बन्दमुखी योजना प्रभु स्मार्ट फण्डलाई केयर नेपाल लिमिटेडले CARE-NP AMC Quality 3 (AMC 3) रेटिङ्ग प्रदान गरेको छ ।
क्यापिटलले ८० करोड बराबरको प्रभु स्मार्ट फण्ड नामको योजना निष्कासन गरेको भए पनि सामूहिक लगानी कोष निर्देशिका, २०६९ को नियम १५ को उपनियम ४ मा भएको व्यवस्था अनुसार निष्कासन गरिएको भन्दा बढी संख्यामा इकाई माग भएमा निष्कासन गरिएको इकाई संख्याको पच्चीस प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गर्न सकिनेछ भन्ने व्यवस्था रहेकोले प्रभु स्मार्ट फण्डले बिउ पुँजीसहित १ अर्ब बराबरको इकाई बाँडफाँड गर्ने भएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




