
काठमाडौं, २९ फागुन । यतिबेला अमेरिकी बैंकिङ्ग क्षेत्रमा वित्तीय संकट खडा भएकाे छ । त्यहाँ ३ दिनमा २ बैंक बन्द भएका छन्। सिलिकन भ्याली बैंक र न्यूयोर्कको सिग्नेचर बैंक बन्द भएका हुन् । पहिला सिलिकन भ्याली बैंक र पछि न्यूयोर्कको सिग्नेचर बैंक बन्द गरिएकाे अमेरिकी नियामकले जनाएकाे छ।
अर्थ क्षेत्रका विज्ञहरुले याे घटना अमेरिकी इतिहासको तेस्रो ठूलो बैंकिङ्ग असफलता भएकाे टिप्पणी गरेका छन् । जहाँ ३ दिनमा २ बैंक बन्द हुनु सानाे घटना मान्न सकिदैंन ।
न्यूयोर्क स्टेट डिपार्टमेन्टको फाइनान्शियल सर्भिसेजले फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले सिग्नेचर बैंककलाई नियन्त्रणमा लिएको जनाएकाे हाे । स्राेतहरुका अनुसार सन् २०२२ को डिसेम्बरसम्म बैंकमा ११०.३६ अर्बको सम्पत्ति र ८८.५९ अर्ब डलर निक्षेप रहेकाे थियो।
यसैबीच दुई बैंक बन्द भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बैंकिङ्ग क्षेत्रमा खडा भएकाे वित्तीय संकटका बारेमा आज संवाेधन गर्ने बताइएकाे छ। उनले घटनामा संलग्न हुने जिम्मेवार व्यक्तिहरुउपर कारबाही गर्ने भएका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




