
काठमाडौं, २९ फागुन । नेपालका विकास बैंकहरुले मुद्दती निक्षेप र साधारण बचतकाे ब्याज घटाउने भएका छन् । डेभलपमेन्ट बैंकर्स एसोसियसनको आज बसेको बैठकले मुद्दती निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेको हो ।
बैठकमा विकास बैंकहरुले अधिकतम २५ पैसासम्म ब्याज घटाउने निर्णय गरेको बताइएको छ । एक वर्ष र त्योभन्दा माथिको मुद्दती निक्षेपमा १५ पैसा र एक वर्षभन्दा कम अवधिको मुद्दती निक्षेमा २५ पैसा ब्याज घटाइएको छ । यसैगरी बचतमा पनि १५ पैसा ब्याज घटाउने निर्णय भएको छ संघले जनाएको छ ।
हालसम्म विकास बैंकहरुले मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याज दिँदै आएका छन् । यो निर्णयपछि एक वर्षभन्दा माथिको मुद्दती निक्षेपको ब्याज ०.१५ प्रतिशत बिन्दुले घटाएर ११.६० प्रतिशत कायम गरिनेछ । यसैगरी एक वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपको ब्याज दर ०.२५ प्रतिशत बिन्दुले घटाएर ११.५० प्रतिशत कायम गर्ने विकास बैंकहरुको निर्णय छ । बचत खाताको ब्याज ०.१५ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशतदेखि ८.६ प्रतिशतसम्म कायम हुने भएको छ ।
मुद्दती निक्षेपमा चैतदेखि ब्याजदर केहि फरक बनाउने विकास बैंकहरुको भनाइ छ । त्यसका लागि लामो अवधिको मुद्दतीमा बढी ब्याज दिने र छोटो अवधिको मुद्दती निक्षेपमा कम ब्याज दिने गरी निर्णय गरिएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




