१० करोडकाे “कुमारी सुनौलो योजना” निष्कासन हुदै

-



     सफल आवाज    
     फागुन ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० फागुन । कुमारी बैंकले आगामी चैत ९ गतेदेखि ‘कुमारी सुनौलो योजना’ नामक खुलामुखी योजना निष्कासन गर्ने भएको छ । यो योजना चैत ९ देखि १३ गतेसम्म निष्कासन गरिने बैंकले जनाएको छ ।

सुनौलो लगानी योजनाको कोष प्रवर्द्धक कुमारी बैंक, तथा योजना व्यवस्थापक कुमारी क्यापिटल रहेको छ । बैंकका अनुसार प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएको १० करोड इकाई निष्कासन गरिने छ । त्यसमध्ये १ करोड ५० लाख इकाई कुमारी बैंकका लागि सुरक्षित गरिएको छ ।

३ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा निष्कासन गरिने शर्तअनुसार प्रथम पटक ५ करोड इकाइ बिक्रीका लागि खुला गरिने बताएको छ । यसपछि निरन्तर खरिदबिक्रीका लागि खुला गरिनेछ । इच्छुक लगानीकर्ताले कम्तिमा १० इकाइ र बढीमा ५० लाख इकाईका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।