
काठमाडौं, ३० फागुन । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारको पहिलो शर्त व्यक्तिको सुरक्षा भएको बताएका छन्।
मानवअधिकार एलाइन्सले आयोजना गरेको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले व्यक्तिको सुरक्षापछि नै अरु मानवअधिकारको विषय आउने बताए।
“मानवअधिकारका लागि बोल्न सक्ने एलाइन्स हुनुपर्छ, मानवअधिकारवादीको एलाइन्स कुनै पार्टी विशेषका पक्षमा लाग्नुहुन्न, नेपालको एउटा राजनीतिक पक्ष आफूलाई भनेजस्तो भएन भने मानवअधिकार आयोगलाई पनि धम्की दिन्छ, मानवअधिकारका लागि सकारात्मक परिवर्तन भए पनि पूर्णता पुगेको छैन”, अध्यक्ष ओलीले भने।
मानवअधिकार पाएपछि नै मानिस समृद्ध हुने भएकाले यसका लागि काम हुनुपर्ने उनको भनाइ थियो । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले मानवअधिकारका लागि भेदभाव नगरी बोल्नु मानवअधिकार रक्षकको कर्तव्य भएको बताइन। पूर्वमन्त्री पार्वत गुरुङले समाजको चरित्र निर्माणमा सम्मेलनले ठोस निष्कर्ष निकाल्ने बताए।
गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष रामप्रसाद सुवेदी, एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीलगायतले मानवअधिकारको रक्षाका लागि प्रत्येक वर्ष सम्मेलन आयोजना गरिने प्रतिबद्धता जनाए।
बुधबारसम्म चल्ने दुई दिने सम्मेलनमा ७७ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनले काठमाडौँ घोषणापत्र पनि जारी गर्ने जनाइएको छ । कार्यक्रममा गत वर्षको दोस्रो सम्मेलनमा व्यक्त मन्तव्यको पुस्तिका सार्वजनिक गरिएको थियो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




