बिपिडब्लु लघुवित्तको आईपीओ शुक्रबारबाट बिक्री हुने

-



     सफल आवाज    
     चैत्र २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ चैत । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको ८० हजार ९५० कित्ता आईपीओ बिक्री हुने भएको छ । सर्वसाधारणका लागि फागुन १८ गतेदेखि २३ गतेसम्मको लागि आईपीओ खुल्ला गरिने कम्पनीले बताएको छ ।

प्रतिव्यक्ति १० कित्ताका दरले सर्वसाधरणले आईपीओ भर्न पाउने छन् । आईपीओ चैत ३ गते शुक्रवार बाँड्ने कम्पनीले जनाएको छ ।

यस अघि फागुन १७ गते कम्पनीले विदेशमा भएका नेपालीलाई १० प्रतिशत शेयर वितरण गरेको थियो । कम्पनीले मेगा क्यापिटल मार्केट्स लिमिटेडकोमार्फत् आईपीओ वितरण गर्ने भएको हो ।