
काठमाडौं २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंक तथा वित्तीय संस्थाको व्याजदर घटाउन आश्वासन दिएपनि व्यवसायीले भने आन्दोलन जारी राख्ने भएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन स्थगन नभएको बताउँदै आन्दोलन गर्ने बताएका छन् । गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरेपछि उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन फिर्ता लिएको जनाएको थियो ।
तर महासंघले फिर्ता लिएको जनाए पनि ४२ वटा व्यापार संगठन आबद्ध बैंकको ब्यादरविरुद्ध मूल संघर्ष समितिले भने आन्दोलन जारी रहने जनाएको हो ।
बैंक तथा वित्तीय क्षेत्रले केही महिना अघि ७ र ८ प्रतिशतसम्म रहेको कर्जा ब्याजदर १७ देखि १८ प्रतिशतसम्म बनाउँदा विकाराल अवस्था बनेको उल्लेख गर्दै बैंकिङ आतंकविरुद्ध आन्दोलन जारी रहने जनाएका हुन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




