नेपालको नयाँ उपराष्ट्रपति रामसहाय प्रसाद यादव

-



     सफल आवाज    
     चैत्र ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ चैत । नेपालको नयाँ उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन् ।

यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन थियो । उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए । अर्की प्रतिस्पर्धी एमालेकी अष्टलक्ष्मी शाक्यले १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदको मत पाइन् ।

यसैगरी अर्की प्रतिस्पर्धी जनमत पार्टीकी उम्मेदवार ममता झाले १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदको मत पाइन् । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवलाई पनि एक प्रदेशसभा सदस्यले मत दिएको पाइएको छ ।

उपराष्ट्रपति निर्वाचनमा संघका ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता रहेका छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।