
काठमाडौं, ५ चैत । प्रत्येक २ वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन। ६ चैत, २०६५ पछि एकैपटक १५ चैत, २०७३ मा केही क्याम्पसमा निर्वाचन भएको थियो ।
त्रिविका ६२ वटा आंगिक क्याम्पस र १ हजार ४० सम्बन्धनप्राप्त कलेजमा स्ववियुको निर्वाचन हुनुपर्नेमा कतिपय क्याम्पसमा भने निर्वाचन अनिश्चित बनेको छ । कतै निर्वाचन स्थगित भएको छ भने कतै निर्वाचनको मिति सरेको छ ।
निर्वाचन आज विहन ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ। त्रिविले कुन क्याम्पसमा कति जनाको कार्यसमिति हुने भनेर ‘त्रिवि स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७९’ मा व्यवस्था गरेको छ। सोहि अनुरुप क्यापसमा भएका विद्यार्थीको आधारमा कार्यसमिति हुन्छन् । जसमा २०० विद्यार्थी रहेका क्याम्पसमा ११, २०१ देखि १ हजारसम्म विद्यार्थी भएकामा १३, १ हजार १ देखि ३ हजारसम्म विद्यार्थी भएकामा १९ र ३ हजार १ देखि ५ हजारसम्म विद्यार्थी भएका क्याम्पसमा २१ सदस्यीय कार्यसमिति हुनेछ ।
स्ववियु निर्वाचन आमनिर्वाचनभन्दा केही फरक भए पनि धेरै कुरा आमनिर्वाचन जस्तै हुने त्रिविले जनाएको छ । स्ववियु निर्वाचनमा समानुपातिक सूचीमा नाम भएका उम्मेदवारउपर पनि दाबी विरोध गर्ने पाइने व्यवस्था छ । २०७३ सालदेखि मिश्रित प्रणालीबाट हुँदै आएको स्ववियु निर्वाचनमा सभापति, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष चुनिनेछन् भने उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुनेछन् ।
कुनै क्याम्पसमा ५ हजार विद्यार्थी छन् भने २१ जनाको कार्यसमिति हुँदा १० जना समानुपातिकबाट छानिन्छन् । तिनै समानुपातिकबाट आएकामध्येबाट उपाध्यक्ष र सहसचिव मनोनीत हुन्छन् । एउटा संघ, संगठन र समूहले १६ जनाको नाम समानुपातिक सूचीमा पेस गर्नुपर्ने हुन्छ ।
समानुपातिकमा मनोनीत भएका सदस्यलाई सम्बन्धित संगठनले फिर्ता बोलाई अर्को व्यक्तिलाई मनोनयन गर्न सक्ने अधिकार हुन्छ । त्यसका लगि स्ववियु कार्यसमितिबाट नाम हटाई सोही संगठनको बन्दसूचीमध्येबाट सिफारिस भएका व्यक्तिलाई मनोनित गर्ने व्यवस्था छ ।
स्ववियु पदाधिकारीको २ वर्षको कार्यकाल हुन्छ । तर निर्धारित समयमा निर्वाचन हुन नसकेमा बढीमा ६ महिनाका लागि त्रिवि कार्यकारी परिषद्ले पदावधि थप्न सक्छ । कुनै कारणवश सभापति नभए उपसभापतिले कार्यभार सम्हाल्नेछन् भने सचिव नभए सहसचिवबाट कार्यभार सम्हाल्ने व्यवस्था छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




