सफल आवाजका प्रकाशक हुमागाई लायन्सको द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित

-



     सफल आवाज    
     चैत्र ५ गते २०७९ मा प्रकाशित



पोखरा, ५ चैत । सफल आवाज डट कमका प्रकाशक तथा सफल मिडिया हाउस प्रालिका अध्यक्ष दुर्गाप्रसाद हुमागाई शतप्रतिसत एस भोट सहित लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन् ।

पोखरामा शनिबार सम्पन्न लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको पहिलो कन्भेन्सनले लायन वर्ष २०२३-२०२४ का लागि डिष्ट्रिक्ट गभर्नरमा लायन सुचित्रा थापा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन निरा बज्राचार्य र द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन दुर्गाप्रसाद हुमागाईंलाई चयन गरेको हो ।

तीनैजना उम्मेदवारहरुले यसअघि शतप्रतिसत एस भोटको अपेक्षासहित नोमिनेसन दर्ता गराएका थिए । सामाजिक सेवामा अब्बल मानिने अन्तर्राष्ट्रिय संस्था अन्तर्गत लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको पहिलो कन्भेन्सनबाट उनीहरुले शतप्रतिसत एस भोट पाएर निर्वाचित भएका हुन् ।

कन्भेन्सनको समुद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए । त्यसअघि शनिबार बिहान चिप्लेढुंगाको मानवअधिकार चोकबाट पोखरा सभागृहसम्म सांस्कृतिक झाँकि सहितको परेड आयोजना गरिएको थियो ।

‘प्रथम कन्भेन्सन सम्पन्न गर्न २१ वटा विभिन्न उपसमिति बनाइएको थियो । डिष्ट्रिक्ट ३२५ के मा १५७ वटा क्लब आवद्ध रहेका छन् ।