लाभांश पारित गर्न कालिका लघुवित्तले डाक्याे साधारण सभा

-



     सफल आवाज    
     चैत्र ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ चैत । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणकाे प्रस्ताव पारित गर्न साधारण सभा डाकेकाे छ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेकाे हाे ।

सभाले हाल कायम भएकाे चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांशसहित २० प्रतिशत लाभांश वितरणकाे प्रस्तावलाइ पारित अनुमाेदन गर्नेछ।

सभाले सेयर स्वामित्व परिवर्तन गरी संस्थापकको ५४.५२ प्रतिशत र सर्वसाधारणको ४५.४८ प्रतिशत कायम गर्ने भएकाे छ। सभाले अन्य उपयुक्त लागेका लघुवित्तसँग मर्जरकाे काम गर्नका लागि त्यसकाे अख्तियारी सञ्चालक समितिलाई दिनेछ ।

यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन, संस्थापक सेयरधनीको तर्फबाट १ जना सञ्चालकको चयन, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गरिने भएकाे छ।

लघुवित्तले साधारण सभालाइ मध्यनजर गर्दै चैत १६ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने बताएकाे छ। सेयरधनीहरुले चैत १५ गतेसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएकार्शे हुनुपर्नेछ । यसरी कायम सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य हुनेछन् ।