
काठमाडौं, ६ चैत । ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।
मन्त्रीपरिषदको आजको बैठकले केही दिनअघि गृहमन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजी बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा पदोन्नति गरेको हो ।
यी पाँचै जना डीआईजीलाई गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि अर्थात् फागुन अन्तिम साता एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । हालको नियम अनुसार वर्तमान प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह आगमी चैत ११ गतेबाट अनिवार्य अवकाशमा जाने तय छ । त्यसपछिको महानिरीक्षक अहिले बढुवा भएर एआईजी बनेका यिनै ५ जनामध्येबाटै छनौट हुनेछ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




