
बाम्बारी, सेन्ट्रल अफ्रिकन रिपब्लिक, ६ चैत । मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरिएको छ । आक्रमणको निन्दा गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
मध्य शहरका मेयर एबेल म्याचिपाटाले बाम्बारी नजिकै बिहान ५ ः०० बजे ‘सशस्त्र व्यक्तिहरू’ले विदेशी कामदारमाथि आक्रमण गरेको पुष्टि गरे । उनले एएफपीसँग कुरा गर्दै भने, “आक्रमणका कारण ‘नौ जनाको मृत्यु भएको र दुई जना घाइते भएको र मृतकहरू आफ्नो शहरबाट २५ किलोमिटर टाढा गोल्ड कोस्ट ग्रुपले सञ्चालन गरेको खानीमा चिनियाँ कामदार रहेको बताए।
चीनको विदेश मन्त्रालयले मृतकको सङ्ख्या पुष्टि गरेको छ । सीले मध्य अफ्रिकी गणतन्त्रका अधिकारीहरूलाई हत्यामा संलग्नहरूलाई ‘कडा सजाय’ दिन आग्रह गर्नुभएको पनि मन्त्रालयले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति सीले घाइतेको उपचार गर्न, घटनाको समयमा नै व्यवस्थापन गर्न, दोषीलाई कानूनबमोजिम कडा सजाय दिन र चिनियाँ नागरिकको सुरक्षा सुनिश्चित गर्न हरसम्भव प्रयास गर्न आदेश दिनुभएको छ ।”
स्थानीय अधिकारीहरूले आक्रमणको थप विवरण सार्वजनिक गरेका छैनन् र यसको जिम्मेवारी पनि लिएका छैनन् । एएफपीका एक पत्रकारका अनुसार चिनियाँ राजदूत ली किन्फेङ र मध्य अफ्रिकी गणतन्त्रका विदेशमन्त्री सिल्भी बाइपो टेमोनको पहलमा मृतकको शव राजधानी बान्गुईस्थित एक अस्पतालमा लगिएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




