
काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउन सोझै ट्रेजरी बिल खरिद बोलकबोल (आउटराइट पर्चेज) गर्ने भएको छ ।
केन्द्रीय बैंकले २०८० असार मसान्तसम्म भुक्तानी अवधि भएका २५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल आउटराइट पर्चेजका लागि बोलकबोल आह्वान गरेको हो ।
केन्द्रीय बैंकले १६ चैत बिहीबार ३ बजेसम्म आवेदन दिन सकिने उक्त आउटराइट पर्चेजको १७ चैत शुक्रबार खरिद हुने जनाएको छ । बैंक तथा वित्तीय संस्थाले बिक्री गर्न चाहेको ट्रेजरी बिल ५ करोड वा ५ करोडले भाग लाग्ने खरिद गर्न चाहेको रकमसम्म बोलकबोल पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षमा यसअघि पनि केन्द्रीय बैंकले आउटराइट पर्चेज मार्फत ८३ अर्ब ८५ करोड रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाइसकेको छ । ९ भदौमा २५ अर्ब, ६ असोजमा ४० अर्ब, २४ कात्तिकमा ३० अर्ब र ८ मंसिरमा २० अर्ब रुपैयाँ बराबरबको ट्रेजरी बिल आउटराइट पर्चेज मार्फत खरिद गर्न प्रस्ताव आह्वान गरेको भएपनि उक्त ८३ अर्ब ८५ करोड रुपैयाँ मात्रैको खरिद गरेको थियो ।
ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




