
काठमाडौं १७ चैत । जीवन विकास लघुवित्त वित्तीय संस्था र एनएमबि लघुवित्त वित्तीय संस्था को सेयरमूल्य समायोजन भएको छ ।
दुबै संस्थाले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेमा उनीहरुकाे सेयरमूल्य समायोजन गरेकाे हाे । नेप्सेले अन्तिम काराेबारलाइ आधार मानेर नयाँ सेयरमूल्य कायम गरेकाे हाे ।
जीवन विकाशकाे १४.२८५ प्रतिशत बोनस सेयर तथा एनएमबिकाे १० प्रतिशत बोनस सेयर समायोजन गरिएकाे हो। सेयरमूल्य मायोजन भएपछि जीवन विकास लघुवित्तको सेयरमूल्य १ हजार ३७० रुपैयाँ २६ पैसा भएकाे छ । एनएमबि लघुवित्तको ५०९ रुपैयाँ ९ पैसा रहेकाे छ।
अघिल्लो कारोबार दिन बिहीबार जीवन विकास लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ५६६ रुपैयाँ र एनएमबि लघुवित्तको ५६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यसैकाे आधार बनाइ नेप्सेले नयाँ मूल्य कायम गरेकाे हाे ।
जीवन विकास लघुवित्त
जीवन विकास लघुवित्तले चैतकाे ३० गते कटहरी २, मोरङ्गमा चौथो वार्षिक साधारण सभा डाकेकाे छ। सभा बिहान साढे १० बजे डाकिएकाे हाे । सभाले १४.२८५ प्रतिशत बोनस सेयर तथम कर प्रयोजनक लागि ०.७१४ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्तावलाइ अनुमाेलन गर्नेछ ।
एनएमबि लघुवित्त
एनएमबि लघुवित्तले वैशाख १५ गते, सिटि स्क्वायर न्यूरोड, पोखरामा दशौँ वार्षिक साधारण सभा डाकेकाे छ। साधारण सभा दिनकाे साढे १२ बजे बाेलाइएकाे छ।
सभाले लघुवित्तकाे १० प्रतिशत बाेनस सेयर तथा त्यसकाे कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्तावलाइ अनुमाेदन गर्नेछ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




