
काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा क्रिप्टोकरेन्सी लगायतका कारोबारहरु गैरकानुनी भएकाे बताएकाे छ । काेहि कसैले काराेबार गरेमा कारबाही गरिने केन्द्रीय बैंकले चेतावनी दिएकाे छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले क्रिप्टो करेन्सी/भर्चुअल करेन्सी, नन फंजिवल टोकन, डिजिटल एसेस्ट, डिसेन्ट्रलाइज्ड फाइनान्स, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड, विटक्वाइन कारोबार, लगायतका कारोबारहरुलाइ गैरकानुनी भएकाे बसैमा जानकारी गराएकाे छ ।
राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा भर्चुअल मुद्राले कानुनी मान्यता नपाएकाेले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम गैरकानुनी रहेको जनाएकाे छ ।
भर्चुअल करेन्सी तथा क्रिप्टोकरेन्सीका कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी, ठगी, कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी लगायतका जोखिमहरु हुने भएकाेले सचेत गराइएकाे छ।
राष्ट्र बैंककाे याे पाँचाै पटक जारि गरिएकाे चेतावनी हाे । यसअघि २०७४ साउन २९ गते, २०७८ भदौ २४ गते, २०७८ माघ ९ गते र २०७९ साउन ३० गते सूचनाहरू प्रकाशन गरी भर्चुअल करेन्सी तथा क्रिप्टोकरेन्सी लगायतका कारोबारहरु नगर्न नगराउन भन्दै चेतावनी दिइएकाे थियो ।
यस्ताे छ राष्ट्र बैंकले जारी गरेकाे सूचना








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




