ट्वीटरको लोगो परिवर्तन

-



     सफल आवाज    
     चैत्र २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ चैत । ट्वीटरका सिइओ एलन मस्कले आफ्नो ट्वीटरको लोगो परिवर्तन गरेका छन्। मस्कले ट्वीटरमा रहेको नीलो चरा गायब बनाएर लोगोमा कुकुरको चित्र ल्याइदिएका हुन्। यस परिवर्तनपछि अब ट्वीटरमा लगअन गर्ने बित्तिकै कुकुरको चित्रले प्रयोगकर्तालाई स्वागत गर्नेछ।

त्यस्तै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ। यो परिवर्तन हाल ब्राउजरमा देखिएको छ। मोबाइल एपमा भने पुरानै नीलो रंगको चरा नै देखिन्छ।

मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेका थिए, त्यहाँदेखि उनले यसमा विभिन्न किसिमका परिवर्तन गर्दै आएका छन्। मस्कको यो कदमलाई अर्को एक अनपेक्षित कदमको रुपमा व्याख्या गरिएको छ।