विश्वका धनी व्यक्तिको सुचिमा विनोद चौधरी १६४७ औं स्थानमा

-



     सफल आवाज    
     चैत्र २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ चैत । नेपालका धनी तथा सांसद् विनोद चौधरी विश्वकै १६४७ औं धनी व्यक्ति बनेका छन्। फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍यांकिङ अनुसार चौधरीसँग कूल १.८ अर्ब डलर सम्पत्ति रहेको छ।

उनी सन् २०२२ मा १९२९ औं स्थानमा थिए। १ वर्षको अवधिमा चौधरीको सम्पत्तिसमेत ३० करोड डलरले वृद्धि भएको छ। म्यागेजिनका अनुसार गत वर्ष उनको सम्पत्ति १.५ अर्ब डलर रहेको थियो।

चौधरी अन्तर्गत सीजी ग्रुप ग्लोबल रहेको छ। उनीसँग भएका नबिल बैंक, सीजी फुड्सबाट उत्पादित वाईवाई चाउचाउ चर्चित छन्। वाईवाई नेपालबाहेक भारत, सर्विया र बंगालादेशमा उत्पादन भइरहेको छ भने इजिप्टमा उत्पादनको तयारीमा छ।

यसैगरी सीजीका विश्वका विभिन्न देशमा होटल पनि रहेका छन्।