विश्वका सबैभन्दा १० धनी व्यक्तिहरू मध्ये ७ अमेरिकी

-



     सफल आवाज    
     चैत्र २३ गते २०७९ मा प्रकाशित



एजेन्सी, २३ चैत । सन् २०२३ मा विश्वका सबैभन्दा १० जना धनी व्यक्तिहरूको सूची सार्वजनिक हुँदा अमेरिकी ७ जना परेका छन् ।

फोर्ब्सले जारी गरेको उक्त सूचीमा विश्वका सवैभन्दा धनी फ्रान्सबाट बर्नार्ड आर्नल्ट भएका छन् । उनको कुल सम्पत्ति २११ बिलियन अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ ।

दोस्रो नम्बरमा अमेरिरकी एलन मस्क छन् । उनको हाल १८० बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ ।

तेस्रो स्थानमा अमेजोनका मालिक अमेरिरकी नागरिक जेफ बेजोस रहेका छन् । हालको सम्पत्ति ११४ बिलियन अमेरिकी डलर रहेको छ ।

चौथो स्थानमा पनि अमेरिकी नागरि ल्यारी एल्लिसन छन् । उनको कुल सम्पती १०७ बिलियन अमेरिकी डलर रहेको सूचीमा छ ।

पाचौं नम्बरमा रहेका अमेरिकी नागरिक वारेन बफेटसँग कुल सम्पत्ति १०६ बिलियन अमेरिकी डलरको रहेको फोर्ब्सले जनाएको छ ।

छैटौँ नम्बरमा अमेरिकि नागरिक बिल गेट्स रहेका छन् । उनको हाल सम्पती १०४ बिलियन अमेरिकी डलर रहेको छ ।

सातौँ नम्बरमा पनि अमेरिकी नागरिक माइकल ब्लुमबर्ग छन् । उनको कुल सम्पती ९४.५ बिलियन अमेरिकी डलर छ ।

औठौ स्थानमा भने मेक्सिकोका व्यापारी कालोर्स स्लिम हेलु र उनको परिवार छन् । उनी र उनको परिवारसँग ९३ बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ ।

नैँ स्थानमा भारतिय मुलुकका मुकेश अम्बानी छन् । अम्बानीको कुल सम्पत्ति ८३.४ बिलियन अमेरिकी डलर रहेको छ ।

१०औँ स्थानमा अमेरिकी मूलका स्टिभ वाल्मर रहेका छन् । उनी ८०.७ बिलियन अमेरिकी डलरको मालिक हुन् ।