
काठमाडौं, २५ चैत । अखिल नेपाल महिला संघ (अनेमसंघ) को आयोजनामा “Strengthening Women’s Movement in South Asia : Reclaiming Women’s Rights” विषयक सेमिनार काठमाडौँमा सम्पन्न भएको छ । अखिल नेपाल महिला संघले सातौँ राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा सेमिनारको आयोजना गरेको हो ।
दक्षिण एसियाली मुलुकहरुमा महिलाको अवस्था र महिला आन्दोलनको सुदृढिकरणका लागि छलफल गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको हो । कार्यक्रममा नेपालका साथै भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकाबाट प्रतिनिधिहरु आएका थिए ।
कार्यक्रममा बोल्दै अनेमसंघका पूर्व अध्यक्ष शान्ता मानवीले पञ्चायतकालमा भूमिगत राजनीति गर्दाको क्षण स्मरण गर्दै अहिले प्रदेश र संघीय संसदमा एकतिहाइ र स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी महिला सहभागिता हुनु ठूलो उपलब्धि भएको बताइन। तर समानताको लक्ष्यमा पुग्न अझै आन्दोलन जरुरी रहेको बताइन। उनले भनिन्, “महिलाप्रतिको असमानता विश्वभरि छ, त्यसैले समानताका लागि लड्नुपर्छ । आन्दोलनको खुट्टा गाउँगाउँमा हुन्छ, त्यसैले गाउँगाउँदैखि नै आन्दोलन उठ्नु जरुरी छ ।”

अनेमसंघकी इन्चार्ज सीता पौडेलले नेपालको महिला आन्दोलनलाई फेरि संगठित र सुदृढिकरण गर्नुपर्ने खाँचो रहेको बताइन। त्यस्तै अनेमसंघकी अध्यक्ष थममाया थापाले अनेमसंघकी सचिव सुजिता शाक्यले पितृसत्ता र पुँजीवादले दक्षिण एसियाकै महिला आन्दोलनलाई धक्का दिएको भन्दै त्यसविरुद्ध लड्नका लागि एकताको आवश्यकता रहेको बताइन।
भारतकी प्रतिनिधि डा. रती रावले भारत, नेपाल लगायत दक्षिण एसियाली मुलुकहरुको महिलाको अवस्था लगभग उस्तै भएकाले दक्षिण एसियाली महिला आन्दोलनबिच सहकार्य हुनुपर्ने बताइन। महिलाहरु अघि बढ्नका लागि संरचनात्मक अवरोधहरु भएकाले त्यसलाई हटाउनुपर्ने उनको भनाइ थियो ।
पाकिस्तानबाट आएकी डा. अलिया हैदरले पाकिस्तानमा राजनीतिक सहभागिताका साथै महिलाको स्वास्थ्य, जलवायु परिवर्तनले महिलामा पारेको असर लगायतका विषयमा काम गरिरहेको बताइन। सेमिनारका लागि बंगलादेशकी प्रतिनिधि जिनत फातेमा, श्रीलंकाबाट आएकी नलिनी रत्नराझले पनि आफ्नो देशको महिलाको अवस्था बताउँदै दक्षिण एसियाको महिला आन्दोलन एक हुनुपर्ने बताए ।

त्यस्तै कार्यक्रमको उद्घाटन सत्रमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की उपाध्यक्ष आङदावा शेर्पाले यस्ता कार्यक्रमले नेपालको महिला आन्दोलनलार्य थप बल पुग्ने बताइन। महिला आन्दोलनको सुदृढिकरणका लागि बामपन्थी पार्टीका महिलाहरु एक हुनुपर्ने भन्दै अनेमसंघले सुरु गरेको अभियानमा एकता र प्रतिबद्धता रहेको बताइन। उद्घाटनसत्रपछि ‘Care Economy : Share Resposibility’ / ‘Empowering women through education financing for gender equality in South Asia’ विषयमा छट्टाछुट्टै प्यानल छलफल भएको थियो ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




