
पोखरा, २५ चैत । फेवा पर्यटन विकास समितिले नव वर्ष २०८० को अवसरमा पहिलो खपौंदी कार्निभल ०८० आयोजना गर्न लागेको छ । समितिले पोखरा १८ स्थित फेवातालको उत्तरतर्फको गैह्राचौतारा देखि चंखपुर पामेसम्मको क्षेत्रमा चैत्र ३० गते र वैशाख १ गते कार्निभल गर्न लागेको हो ।
समितिले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर पर्यटकिय क्षेत्र भएपनि पछाडी पारिएको महशुस भएको बताउँदै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्रमा गरिने कार्निभलले पर्यटनमा थप टेवा पुग्ने विश्वास गरिएको जनाएकाे छ ।
समितिका अध्यक्ष अर्जुन सुवेदीले चैत्र ३० गते बेलुका ५ बजे कार्निभलको अनौपचारिक शुभारम्भ हुने बताए । सो अवसरमा बेलुका १० वजेसम्म लाइभ डिजे प्रस्तुतति रहने भएको छ । मध्यरातको १२ वजे नेपाली नयाँ वर्ष २०८० लाई स्वागत गर्दै पहिलो दिनको कार्यक्रम समापन गरिने भएको छ ।
नयाँ वर्षको पहिलो दिन वैशाख १ गते बिहान ११ वजे गैह्राचौतारा देखि विभिन्न संघ संस्थाको झाँकि निकालिने भएको छ । दिनको १२ वजे कार्यक्रमको उद्घाटन भई अपरान्हसम्म औपचारिक कार्यक्रम हुनेछ । दिनको ३ वजेदेखि ५ वजेसम्म लाइभ व्याण्डको प्रस्तुति रहने छ भने ५ बजेदेखि बेलुका ९ बजेसम्म ख्यातिप्राप्त डिजेद्वारा इलेक्ट्रोनिक फेष्टिभल हुनेछ । कार्यक्रम राति १० बजे समापन हुनेछ ।
कार्यक्रमका आकर्षणहरुमा स्थानिय नौमती बाजासहितका विभिन्न समुदायका झाँकीहरु, सांगितीक तथा सांस्कृतिक कार्यक्रम, खानाका परिकारका स्टलहरु, स्थानिय माछा तथा कृषि उत्पादनको प्रदर्शन, डुंगा दौड र खेलकुदका कार्यक्रमहरु रहेका छन् । कार्यक्रमकै अवसरमा समितिले फेवातालमा १० हजार माछाका भुरा छोड्ने बताएको छ ।
कार्यक्रम गर्नका लागि अनुमानित २५ लाख खर्च हुने भएको छ । मुख्य प्रायोजकमा गोरखा ब्रुअरी र सहप्रायोजकमा जोनि वाकर रहेका छन् । यसको प्रवर्धन नेपाल पर्यटन बोर्डले गरेको छ ।
मेलाबाट सो क्षेत्रको व्यापार व्यवसायको प्रवर्धन हुने, २० हजार दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ । जहाँ २ सय व्यापारिक संस्था तथा स्थानियले लाभ लिन सक्नेछन्।
फेवातालको उत्तरतर्फको भागलाई उपेक्षा गरिएको हामीले पाएका छौं । लेकसाईडमा आयोजना हुने कार्यक्रममा हामीलाई वास्ता गरिदैन, अध्यक्ष सुवे्दीले भने, कोरोनाका कारण व्यवसाय थला परेकोले यसलाइ माथि उकास्न यस खालको कार्निभल गर्नुपरेको हो । हामीलाई विश्वास छ यसले व्यावसायीक क्षेत्रलाई चलायमान बनाउने छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




