उद्योग वाणिज्य महासंघकाे निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारले ५० प्रतिशत भोट नकटाए पुन: निर्वाचन हुने

-



     सफल आवाज    
     चैत्र २६ गते २०७९ मा प्रकाशित



काठमाडौं २६ चैत। नेपाल उद्योग वाणिज्य महासंघकाे निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा दोस्रो चरणमा पुनःनिर्वाचन हुने भएको छ।

महासंघ निर्वाचन समितिले गरेको निर्णयअनुसार दाेस्रो चरणको निर्वाचन ३० गते बिहान ११ देखि साँझ ५ बजेसम्म मतदान हुने भएकाे हाे।

विधानअनुसार वरिष्ठ उपाध्यक्षका उम्मेदवारले ५० प्रतिशत मत कटाउनुपर्नेछ। यसपटक वरिष्ठ उपाध्यक्षका लागि ३ जनाले उम्मेदवारी दिएका छन्।

३ उम्मेदवार हुँदा पहिलो चरणमै ५० प्रतिशत मत कटाउन सक्ने सम्भावना न्यून रहेको अड्कल गरिएको छ। तथापि, उम्मेदवारले भने पहिलो चरणमा ५० प्रतिशत मत कटाउने दाबी गरिरहेका छन्।

विगतका निर्वाचनमा भने वरिष्ठ उपाध्यक्षका लागि २ उम्मेदवारबीच मात्र नेतृत्वका लागि निर्वाचन हुँदै आएकाले दोस्रो चरणको निर्वाचन गर्नुपरेको थिएन। तर, योपटक भने ३ जना उम्मेदवार चुनावी मैदानमा टिमसहित होमिएसँगै निर्वाचन समितिले त्यहीअनुसारले तयारी बढाएको बताइएकाे छ ।