हेलिकोप्टर दुर्घटना, क्याप्टेनलाई एयर डाइनेस्टीबाट उद्धार

-



     सफल आवाज    
     चैत्र २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ चैत । धौलागिरि हिमालको आधारशिविरमा हेली एभरेस्टको हेलिकोप्टर दुर्घटनामा परेको छ। उक्त हेलिकोप्टर क्याप्टेन प्रिया अधिकारीले उडाएकी थिइन्। हेलिकोप्टरमा यात्रु सवार थिएनन्।

‘९एन–एएमबी’ दर्ता नम्बर रहेको उक्त हेलिकोप्टर सामान्य दुर्घटनामा परेको र क्याप्टेन अधिकारीको सकुशल उद्धार गरी काठमाडौं ल्याइसकेको हेली एभरेस्टका प्रबन्ध निर्देशक फुर्वाग्याल्जेन शेर्पाले जानकारी दिए।

हेलिकोप्टर दुर्घटना भएको खबर आएलगत्तै एयर डाइनेस्टीको हेलिकोप्टर उद्धारका लागि त्यसतर्फ गएको थियो। दुर्घटनास्थल पुगेर क्याप्टेन अधिकारीको सकशुल उद्धार गरी काठमाडौं ल्याइएको हो।

उक्त हेलिकोप्टर कार्गो सामान बोकेर पोखराबाट धौलागिरि आधारशिवर गएको थियो। हेलिकोप्टरमा क्षति पुगे पनि क्याप्टेन अधिकारी सकुशल छिन्।