
काठमाडौं, २७ चैत । नवलपरासी, सर्लाही, झापा, सुनसरी, कञ्चनपुरलगायत २४ जिल्लाबाट आएका मिटरब्याज पीडितको टोली एक हप्ता देखि काठमाडौंमा आन्दोलरत छन्।
पीडितहरुले सरकारलाई अफ्नो ६ बुँदे मागपत्र दिएसँगै उक्त माग कार्यान्यवन नभएसम्म आफ्नो आन्दोलन निरन्तर अगाडि बढाउने बताइरहेका छन । ‘सरकारी पक्षबाट विगतको जस्तो निकृष्ट धोका नहुने तथा विद्यमान समस्यालाई सदाको लागि अन्त्य गर्ने अपेक्षा सहितका माग वार्ता टोलीले पेश गरेको छ ।
मागपत्रको पहिलो बुँदामा मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखित (तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन, (छिनुवा) पास, कतिपय अबस्थामा चेक समेत आदी)लाई मन्त्रिपरिषद्को निर्णयबाट अवैध घोषणा गर्नुपर्ने माग रहेको छ ।
कानुन मन्त्रालयमा अड्किएको कानुनी मस्यौदालाई पीडितसँग छलफल गरि समयसिमा तोकेर फस्ट ट्रयाकमा नयाँ कानुन बाउनु पर्ने भनिएको छ ।
कानुन नबनेसम्म अदालबाट दोषी भएका र अदालतमा मुद्दा परेका सवै पक्रिया स्थकित गर्नुपर्ने । पक्राउ परेकालाई स–सम्मान रिहाई गर्नुपर्ने माग पेश गरिएको बताइएको छ । जिल्ला प्रसासनमा दर्ता भएका आधारमा सहुलाई तत्काल पक्राउ गर्नुपर्ने, साहुबाट भएका हत्या, दुर्ब्यबहार, यौन हिंसालगायत अन्य गम्भीर घटनालाई छानवीन गरि करबाही र पीडितलाई क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने माग पिडितले राखेका छन । शोषित तथा उत्पीडित वर्गलाई लक्षित गरि सहुलियतपूर्ण वित्तीय कर्यक्रम ल्याउनुपर्ने भनिएको छ ।
पहिलो टोलीसँग वार्ता गरेर छानविन समिति गठन गरिसकेको सरकारले विटरब्याज विरुद्धको दोस्रो टोलीसँग पनि आइतबार वार्ता गरेको थियो । आइतबार करिब ५ बजे मिटरब्याज पीडित भएको शान्तिवाटिकामै पुगेर वार्ता भएको थियो ।
बार्ताटोलीमा सरकारका तर्फबाट सहसचिव तथा गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतको नेतृत्वमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली छन् ।
त्यस्तै पीडितको तर्फबाट मिटरब्याज तथा ठगी विरुद्धको किसान –मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुश्वाहाको संयोजकत्वमा १९ जना रहेका छन् । आवश्यकतानुसार वार्ता टोलीमा थपघट हुने कुश्वाहले सफल आवाजलाई बताए।
कुश्वाहका अनुसार वार्तामा पीडितका तर्फबाट ६ बुँदे मागपत्र प्रस्तुत गरिएको थियो । ‘हामीले ६ बुँदे मागपत्र बुझाएका छौँ’, कुश्वाहले भने, ‘उहाँ९सरकारका वार्ता टोली०हरुले हामी अफ्नो धरणा बनाउने बताउनुभएको छ ।’
विगतमा गरिएको सम्झौता, आयोगले बनाएको प्रतिवेदनलाई कर्यान्वयन गर्ने सरकारी वार्ता टोलीलाई ध्यानाकर्षण गरेको पीडितले बताएका छन । ‘कानुन मन्त्रालयमा अड्किएको मिटरब्याज सम्बन्धि कानुनलाई छिटो पारित गर्ने समेत हामीले हाग्रह गरेका छौँ,’ पीडित आर्यालले भने, ‘उहाँ९सरकारी वार्ता टोली०हरु त्यसमा सकारात्मका देखिनु भएको छ ।’
आन्दोलनमा केही व्यक्ति काठमाडौं आउने र केही व्यक्ति घरजाने प्रकिया विगत ७ दिन यता निरन्तर चलिरहेको पीडितहरु बताउँदै आएका छन् ।

पीडितहरु काठमाडौंको शान्तिवाटिकामा ६ दिन देखि रात विताई रहेका छन् । १८ चैतमा सर्लाहीबाट आएका मिटरब्याज टोलीसँग सरकारले ५ बुँदे सहमति गरेको थियो । त्यसको लगतै २ दिनपछि अर्थात २० चैतमा अहिले आन्दोलन गरिरहेको टोली काठमाडौं आएको हो ।
यो टोलीले आफ्नो आनदोलन निरन्तर जारी राखेको छ । दिनहुजसो माइतीघर मण्डलामा पीडितले प्रदर्शन गरिरहेका छन् । पीडितहरुले प्रदर्शनसँगै विभिन्न क्षेत्रका व्यक्तिसँग निरन्तर छलफल गरिरहेका छन।
पीडितहरुले शनिबार कानुनविद्हरू ओम अर्याल, रत्नशंकर श्रेष्ठ तथा गोविन्द बन्दीसँग छलफल गरेको पीडित मदन आर्याल बताए । आर्यालका अनुसार आइतबार सरकारसँग वार्ता टोली बस्ने भएकाले माइतीघरमा प्रदर्शन मात्र भएको थियो । आज(सोमबार) वौद्धिक वर्गका व्यक्तिहरुसँग अन्तरक्रिया गर्ने आर्यालले बताएका छन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




