
त्रिवेणी, २८ चैत। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफूहरूले कालिगण्डकी डाइभर्सन हुन नदिने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा सञ्चालित मिसन ग्रास रुट अभियानमा उनले धार्मिक आस्था जोडिएका, मानव धर्म संस्कृतिसँग जोडिएका तीर्थस्थल र यस वरपरका फाँटहरू हिउँदमा सुक्खा हुने भएकाले कालिगण्डकी डाइभर्सन हुन नदिने बताए।
“कालिगण्डकी धार्मिक आस्था र मानव धर्म संस्कृतिसँग जोडिएको छ, डाइभर्सनले नदी बेसीका फाँट सुक्खा हुन्छन्”, उनले भने, “यसकारण हामी कालिगण्डकी डाइभर्सन हुन दिन्नौँ ।” त्रिवेणीदेखि कोरलासम्म सडक आवागमन गर्न नसके गण्डकी प्रदेशको औचित्यमाथि प्रश्न खडा हुने उनले बताए।
त्रिवेणी–कोरोला सडक प्रदेशकै महत्त्वपूर्ण सडक भएको बताउँदै दुम्किबास–त्रिवेणी खण्डमा सडक खोल्न बाँकी रहेकाले यो सडक नखोल्दा प्रदेशको औचित्यमाथि नै प्रश्न खडा हुने उनले बताए। त्रिवेणी–दुम्किबास खण्डमा सडक निर्माणका लागि प्रदेश तयार रहेको र स्रोत सुनिश्चित गरी अघि बढ्ने उनले बताए।
निकुञ्जका कारण केही समस्या देखिएकाले वातावरणीय प्रभाव अध्ययनले सुझाए अनुसारको काम गर्न आफूहरू तयार रहेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो । भारत र चीनलाई जोड्ने त्रिवेणीकोरला सडक सबैभन्दा छोटो दूरीको सडक भएकाले यसको महत्त्व थप रहेको चर्चा गर्दै उहाँले त्रिवेणी–दुम्किबास सडकखण्ड खोल्न आवश्यक प्रक्रिया अघि बढेको बताए। उनले संविधानमै गण्डकी प्रदेशको सीमा बर्दघाट सुस्ता पूर्व भनिएकाले बर्दघाट र सुस्ता गण्डकी प्रदेशमा हुनुपर्ने बताए।
बर्दघाट र सुस्ता हाल लुम्बिनी प्रदेशमा राखिएकाले यो गण्डकी प्रदेशको भूगोल भएको उनले बताए। संविधान मिचिएकाले यसका विरुद्ध आफूहरू कानूनी प्रक्रियामा जान तयार रहेको उनले बताए।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




