
काठमाडौं, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएको दुई दिन नबित्दै पुनः अर्को अडियो सार्वजनिक भएको छ । पछिल्लो अडियोको प्रसंग पनि प्रसाई र श्रेष्ठसँगै जोडिएको छ ।
अडियोमा प्रसाई र डा. श्रेष्ठको भाई भनि परिचय दिने व्यक्तिबीचको संवाद सुनिन्छ । संवादमा आफुलाई डा. श्रेष्ठको भाई भन्ने व्यक्तिले सांसद पद गयाे भन्ने अडियोमा सुनिन्छ ।
यस्तो छ संवाद
प्रसाई –अनि के हो भन्नु त ? तपाई डा ढाकाको भाई ?
भाई –हजुर ।
प्रसाई – अँ, भन्नु त। के हो कुरो ?
भाई – त्यही त दाई । अब, पार्टीले कारबाही गर्ने भयो । दाईको अब साधरण सदस्यता पनि नरहने भयो । अनि, सांसद पद पनि जाने भो क्यारे ।
प्रसाई –मैले अब के गर्दा हुन्छ भन्नु न त ? मैले इन्टरभ्यूमा के भने भने, त्यो माग्न लगाउने त ढाकाको गल्ति होइन नी । माग्न लगाउने मान्छेको पो गल्ति हो त । कुरो बुझ्नु भएन भाई ?
भाई – सोझा मान्छेलाई फसाए । दाईले बुझिदिनु पर्यो ।
प्रसाई – ठिक छ, म सहयोग गरिहाल्छु नी ।
भाई –दाईले एकपटक भेट्न खोज्नु भएको थियो । दाई कता हुनुहुन्छ कुन्नी ?
प्रसाई – म आज विरगंजको कार्यक्रममा छु । मलाई बेलुका भेट्न भनिदिनु न त ल ।
भाई –हजुर बिरगंज कहाँ हुनुहुन्छ ?
प्रसाईँ – बिरगंज अहिले म कार्यक्रममा आइरहेको छु । बैंक, लघुवित्त र सहकारीले सिध्याई हाल्यो । रबि लामिछानेहरु लुट्न गएका छन् त्यहाँ । तपाईले बुझ्न भयो ? मलाई एउटा कुरा चित्त नबुझेको क्या । सांसद बनाउँदा पनि पैसा लिने । मन्त्री बनाउँदा पनि पैसा लिने । यो त भएन नी पार्टी अध्यक्षहरुको ।
भाई – यो त खै अब दाईहरुको के हो । त्यही त दाईले एकचोटी कुरा गराै न त भन्नुभएको थियो क्यारे ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




