एफएनसीसीआईको निर्वाचनमा मतदान हुँदै, वरिष्ठ उपाध्यक्षमा तीन जनाकाे भिडन्त

-



     सफल आवाज    
     चैत्र २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदै छ । बिहान बजेबाट शुरु भएकाे मतदान अपराह्न ४ बजेसम्म कायम रहनेछ । मतदान काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेकाे छ ।

महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत भइसकेका छन् । बुधबार एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयनका लागि मतदान गरिएकाे हाे ।

यसअघिका महासंघका वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल विधिअनुसार चैत ३० गतेदेखि स्वतः अध्यक्ष हुने भएका छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाेले ढकाल अध्यक्ष हुने भएका हुन् । यसपटक वरिष्ठ उपाध्यक्ष पदका लागि तीन जना प्रतिस्प्रर्धामा रहेका छन्। उनीहरुमा वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई रहेका छन् ।

कार्यसमितिकाे सदस्यमा लुम्बिनी प्रदेशबाट जम्शेर मिया, राष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी, संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल सर्वसम्मत चयन भइसकेका छन् ।