
काठमाडौं, २९ चैत । वाणिज्य बैंकहरुको ब्याजलाई लिएर चर्को बहस भइरहेको बेला निक्षेपको व्याजदर एकल अंकमा हुने भएको छ । नेपाल बैंकर्स संघको आज विहान बसेको बैठकले वैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो ।
निर्णय अनुसार नयाँ ब्याजदर १० प्रतिशत भन्दा तल राखेर एकल अंकमा झारिएको छ । वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम हुनेछ । यस्तै संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम हुने भएको छ ।
यो निर्णय अनुसार बचतमा न्यूनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम हुनेछ । सर्वत्र माग भइरहेको ऋणको ब्याजदरका बारेमा, कर्जाको ब्याजदरका बारेमा भने केही जानकारी सार्वजनिक गरिएको छैन । कर्जाको आधारदर निकालेपछि मात्र यसबारे जानकारी सार्वजनिक हुने बैंकर्स संघले जनाएको छ ।
बैंकहरूमा कर्जा योग्य पुँजी २ खर्ब हाराहारी रहेपनि अहिले कर्जा बिस्तारको काम ठप्प छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




