महासंघको जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित

-



     सफल आवाज    
     चैत्र ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा रामचन्द्र संघई समूहका सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । वैद्य ४३ मतसहित विजयी भएका हुन् ।

अन्जन श्रेष्ठ प्यानलबाट चुनाव लडेका अरुणराज सुमार्गीले ३७ मत ल्याउँदा उमेशलाल प्यानलका दिनेश श्रेष्ठले ३४ मत पाएका छन् । सुरकृष्ण नेपाली कांग्रेसनिकट हुन् । उनी मंसिर ४ को निर्वाचनमा प्रदेशसभातर्फ समानुपातिक सूचीमा थिए ।