धितोपत्र बोर्डले माग्यो स्टक एक्सचेञ्ज लाइसेन्सको आवेदन

-



     सफल आवाज    
     चैत्र ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० चैत । नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि पुनः आवेदन माग गरेको छ ।

बोर्डले ३० चैत बिहीबार एक सूचना प्रकाशित गर्दै २ असोजमा प्रकाशित सूचना अनुसार आवेदन ४५ दिन म्याद रहेकोमा १० दिन अगाडि सर्वोच्च अदालको अल्पकालिन अन्तरिम आदेश आएर आवेदन रोकिएकोले अब १० दिनभित्र बोर्डमा आवेदन पेस गर्न आह्वान गरेको छ ।

‘सर्वोच्च अदालतबाट ४ कात्तिक २०७९ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशले १५ कात्तिकमा अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लाइसेन्स प्रक्रिया यथास्थितिमा राख्ने निर्णय भएको थियो ।

धितोपत्र बोर्डले सूचना प्रकाशित गर्दै भनेको छ, ‘सर्वोच्च अदालतको २६ चैतको रिट खारेजी भएको फैसला अनुसार उक्त लाइसेन्स प्रकृया अगाडि बढाउने निर्णय भएर २ असोजको सूचना अनुसारको म्यादमध्ये बाँकी रहेको म्याद अनुसार सूचना प्रकाशित भएको मितिले १० (दश) दिन भित्र निवेदन दिनु पर्नेछ ।’

यस्ताे छ सुचना :