बैंकको परिमार्जित निक्षेप ब्याजदर आजदेखि लागू

-



     सफल आवाज    
     वैशाख १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ वैशाख । वाणिज्य बैंकहरुले घटाएको निक्षेपकाे ब्याजदर आज बैशाख १ गते देखि लागू भएको छ । वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संस्था नेपाल बैंकर्स संघको बुधबारको बैठकले आजदेखि लागू हुनेगरी ब्याजदर घटाउने निर्णय गरेको थियाे ।

बैंकहरुले यसअघि व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दिने गरेका थिए । अब आजदेखि ९.९९ प्रतिशत मात्रै ब्याज दिनेछन् । त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत दिनेछन् ।

बैकहरूले निक्षेपकाे ब्याजदर घटाएपनि कर्जा ब्याजदर परिबर्तनबारे नेपाल बैंकर्स संघ खासै केही बाेलेकाे छैन।