दोल्ती पावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     वैशाख ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ वैशाख । दोल्ती पावर कम्पनीकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियाे ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे थियाे ।

कम्पनीका अनुसार १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १० लाख ७२ हजार ९७२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएकोमा १ लाख ७ हजार २९८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाहरुकाे लागि बाँडफाँड भइसकेकाे छ । ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ।

इच्छुक लगानीकर्ताहरुले १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। सेयर लगानीकर्ताले घटीमा १० तथा बढीमा १० हजार कित्ता माग गर्न पाउनेछन्।

कम्पनीले ४.५ मेगावाटको पदम खोला जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । यसको लागत १ अर्ब ८ करोड २२ लाख ९० हजार २०० रुपैयाँ छ । आयोजनाको विद्युत उत्पादन गर्ने अनुमति ३० वर्ष बाँकी छ।

इच्छुक सेयर लगानीकर्ताले सेबाेनबाट स्वीकृती लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन पेश गर्न पाउनेछन्। यस्तै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।