
काठमाडौं, ५ वैशाख । आरएसडिसी लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा घटेकाे छ । संस्थाकाे प्रकाशित भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार खुद नाफामा गत आर्थिक वर्षकोभन्दा कमि भएकाे छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म संस्थाले रु ८ करोड ६० लाख खुद नाफा गरेकाे छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा ८.८१ प्रतिशतले थाेरै हो। गएकाे वर्ष सोही अवधिसमा खुद नाफा रु ९ करोड ४३ लाख रहेकाे थियाे ।
संस्थाकाे खुद ब्याज आम्दानीमा बृद्धि भएपनि निष्क्रिय कर्जा बढ्दा त्यसकाे असर खुद नाफामा देखिएकाे हाे । खुद ब्याज आम्दानी २९.२२ प्रतिशतले बढेको छ । कुल सञ्चालन आम्दानी २६.०६ प्रतिशतले बढेको छ भने निष्क्रिय कर्जा बढेर १.३७ प्रतिशत कायम भएकाे छ।
इम्पेरमेन्ट चार्ज रु १ करोड ९३ लाखबाट बढेर ७ करोड ३७ लाख रुपैयाँ पुगेको छ। यसैकाे कारण सञ्चालन मुनाफा र खुद नाफा दुबैमा ८.८१ प्रतिशतकाे गिरावट देखिएकाे छ।
संस्थाकाे प्रतिशेयर आम्दानी २ रुपैयाँ ४३ पैसा घटेर १३ रुपैयाँ १९ पैसा कायम भएकाे छ। प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ६ पैसा र मूल्य आम्दानी ३८ रुपैयाँ ५१ पैसा रहेको छ।
लघुवित्तको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ देखिन्छ । जगेडामा ४.३४ प्रतिशतकाे गिरावट भएकाे छ भने सापटी ३२.४२ प्रतिशत रहेकाे छ । कर्जामा २४.६० प्रतिशतले बृद्धि भएकाे छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




